काठमाण्डौ, १६ फागुन । नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।