हेटौडा, १२ असोज । भरिएर ओभरफ्लो हुन थालेपछि कुलेखानी जलाशयका २ वटा ढोका खुला गरिएको छ ।
कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको हो ।
उहाका अनुसार हाल जलाशयको क्षमता भन्दा बढी पानी सङ्कलन भएको छ भने शनिबार बिहान ४स्५० बजेको समयबाटै ओभर फ्लो हुन थालेको थियो ।
भट्टका अनुसार अनुसार कुलेखानीमा हाल १ हजार ५३०।२८ मिटर पानीको सतह मापन गरिएको छ । कुलेखानीमा अहिले प्रतिघण्टा ३७ मिटर पानी सङ्कलन भइरहेकोका कारण आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत उहाले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले गेट खोल्न शुरु गरिएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । कुलेखानीको गेट खोलिएपछि कुलेखानीको पानी सिस्नेरी खोला हुँदै बागमती मदिना मिसिन पुग्छ ।
यसले इन्द्रसरोवर, भिमफेदी, बागमती गाउँपालिका सहित सिन्धुलीको हरिहरपुरगढी, रौतहटको नुनथर क्षेत्रमा जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।