Logo

जुनकीरीको ब्यवस्थापन समितिमा जगत बहादुर मगर चयन



झापा , २४ साउन । जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ को बिद्यालय ब्यवस्थापन समितिमा जगत बहादुर मगर चयन हुनु भएको छ ।

बिद्यालय ब्यवस्थापन समिति उप छनौट सहयोग संयोजक प्रधानाध्यापक रन्जित परियारको सम्योजकत्वमा अभिभावकहरुको भेलाले महिला २ सहित ४ जना चयन गरी जनप्रतिनिधि, शिक्षा प्रेमी, चन्दा दाता, शिक्षक प्रतिनिधि र सदस्य सचिब सहित ९ जनाको समिति सर्ब सहमतबाट चयन भएको छ । जसमा अध्यक्ष जगत बहादुर मगर अभिभावक तर्फबाट नर बहादुर बिक, धनमाया राइ,कल्पना दर्जी,जनप्रतिनिधि सुसिला गिरि,शिक्षाप्रेमी चन्दादाताबाट बम बहादुर गुरुङ्ग र अभिचन्द्र बास्कोटा, शिक्षक प्रतिनिधि अनुजा क्षेत्री र सदस्य सचीव प्रधानाध्यापक रन्जित परियार सर्ब सहमत चयन हुनु भएको छ ।

त्यसै गरि बिद्यालय शिक्षक तथा अभिभावक संघमा अध्यक्ष दुर्योधन राई र अभिभावकहरुबाट सदस्य डिल्ली बहादुर श्रेष्ठ, चिनिमाया सार्की, शान्ता गुरुङ्ग, धिरज मण्डल, असोक गुरुङ्ग, बुद्धिलाल मुर्मु, सुमि उराँव, गिता बिक, गङ्गा पोख्रेल शिक्षक प्रतिनिधि गिता उप्रेती चयन हुनु भएको छ ।

कार्यक्रममा छात्रवृत्तिबाट प्राप्त रकममा बिद्यालयले केही रकम थप गरि बिद्यालय हाउस ड्रेस विद्यार्थीहरुलाइ प्रमुख अतिथि सुसिला गिरि मार्फत बितरण गरिएको थियो ।

कार्यक्रममा समितिमा चयन हुनु भएका नर बहादुर बिक, बम बहादुर गुरुङ्ग, शिअस अध्यक्ष दुर्योधन राई बि ब्य स अध्यक्ष जगत बहादुर मगर छनौट उप समिति सदस्य निर्मला लुइँटेल,सुरेखा योङ्गयाङ्ग, मुना मुखिया, अनुजा क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत शिक्षक गिता उप्रेतीले गर्नु भयो भने सहजीकरण सम्योजक प्रधानाध्यापक रन्जित परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्