झापा, २ वैशाख । जेष्ठ नागरिक सामुदायिक मिलन समाज झापा अर्जुनधारा–११ ले नव बर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ।
६० बर्ष माथीका बुबा आमाहरु भेला भएर दीर्घ जीवन एवम् देश शान्तिको कामनासहित स्थानीय प्रतिभाहरुलाई सम्मान गर्ने गरेकोमा यस बर्ष भने सालबारी महिला नौमती बाजा सस्थाकी अध्यक्ष इन्दिरा पोख्रेलसहित समूह र जेष्ठ नागरिक सामुदायिक मिलन समाज अर्जुनधाराका अध्यक्ष शेखरनाथ अधिकारीलाई दोसल्ला ओडाइ सम्मान गरिएको छ ।
कार्यक्रममा बिशिष्ठ अतिथि वडाध्यक्ष खगेन्द्र इङ्गनाम, समाजका सल्लाहकार लक्ष्मी इङ्गनाम, जुनकीरी साआबिका सस्थापक अध्यक्ष जगतबहादुर मगर, महारानीगञ्ज मा बिबिब्यस अध्यक्ष बोलप्रसाद कोइराला, रोहित ढकाल, नगर समाजका सचिव कृष्ण पौडेल, बिश्व हिन्दु परिषद झापाका अध्यक्ष होमनाथ ढुङ्गेललगायतले नव बर्ष २०८२ को देश बिदेशमा रहने सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए ।
सो अबसरमा गायक तथा संगीतकार हस्त परियार, कलाका धनी एवम् नौमती प्रशिक्षक मातृकाप्रसाद सङ्गौला तथा जिल्ला सस्कृतिक संघ सदस्य हरि काफ्ले र स्थानीय डिल्ली चौहानले गायन प्रस्तुत गर्नुभएको थियो ।
समाजका अध्यक्ष गोपिचन्द्र खरेलको अध्यक्षता एवं जेष्ठ नागरिक सामुदायिक मिलन समाजका नगर अध्यक्ष शेखरनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रमको स्वागत सचिव बच्चेलाल चौधरीर सहजीकरण रन्जित परियारले गर्नुभएको थियो ।
ण्ण्ण्ण्ण्ण्