Logo

टाइगर कप भलिबलमा पुलिसले भारतको क्लबलाई हरायो



काठमाण्डाै, १४ माघ ।  टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब च्याम्पियनशिपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले भारतकाे सुनिल भलिबल क्लबलाई हराएकाे छ ।

पोखरा रङ्गशालाको भलिबल कोर्टमा आज भएको खेलमा पुलिसले सुनिल भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१३ र चौथो सेट २५–२२ ले जित्यो । सुनिल भलिबल क्लबले तेस्रो सेट २५–२२ ले जित्यो ।

पुरुषतर्फकै हेल्प नेपाल स्पोर्ट्स क्लबबीचको खेल भने खराब प्रकाशका कारण स्थगित भएको छ । खेल स्थगित हुनुअघि हेल्प नेपालले २ र गण्डकीले १ सेट जितेको छ । बाँकी सेटको खेल भोलि हुने आयोजकले जनाएको छ ।

गण्डकी प्रदेश टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको पाँचौं संस्करण प्रतियोगिता आउँदो शनिवार माघ १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्