काठमाडौं, १७ साउन । संक्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।
बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेकपा ९एमाले०का मुख्य सचेतक महेश बर्तौला र नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी हुनुहुन्छ ।
आजको बैठकलाई निर्णायक बैठकका रूपमा लिइएको छ। बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ। प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएपछि विधेयक टुंग्याइने कार्यदलको भनाइ छ।
गत शुक्रबार बसेको कार्यदलको बैठकले विधेयकलाई अन्तिम रूप दिनको लागि कानुनमन्त्री र सचिव, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव लगायतका सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको थियो।
त्यसयसअघि प्रमुख राजनीतिक दलहरू टिआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए।
संसदमा विचाराधीन सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमा दलहरूबीच बालसेनाको मामिलालाई ऐनमा कसरी उल्लेख गर्ने र मेलमिलापका घटनामा पीडितको स्वतन्त्र सहमति नभए के गर्ने भन्नेबारे छलफल सुरु भएको हो।
पटक(पटक बैठक बस्दै आएपनि टिआरसी विधेयकमा सहमति जुट्न सकेको छैन। दलहरूले लगभग सहमतिनजिक पुगेको दावी गर्दै आएका छन्।टिआरसीलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ।