Logo

टी-२०आई सिरिज: कुवेतविरुद्ध नेपाल ६ विकेटले विजयी

कुशल र आसिफको अर्धशतक



काठमाडौं, २८ चैत । हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।

कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल ८१ र आसिफ शेखले ५३ रन बनाए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रनको विस्फोटक पारी खेले । गुल्शन झा ९ र कप्तान रोहित पौडेल ४ रनमा अविजित रहे । कुशल मल्ले ४ रन मात्रै जोड्न सके ।

नेपालले टस जितेर कुवेतलाई ब्याटिङको निम्तो दिएको थियो । कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८५ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले ३ र नन्दन यादवले २ विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले १-१ विकेट लिए ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधवार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो भने बुधवार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्