Logo

टी-२०आई सिरिज फाइनल: उपाधि जित्न नेपालले पायो १७५ रनको लक्ष्य



काठमाडौं, ३१ चैत । चारदेशीय टी-२०आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

हङकङमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।

नेपालका नन्दन यादव र सोमपाल कामीले २-२, करण केसी र कुशल भुर्तेलले एक-एक विकेट लिए ।

कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।

नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेत पनि फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्