Logo

तराईका जिल्लामा हुस्सु, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना



काठमाडौँ, १० मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (सोमबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको छ।

आज दिउँसो पनि कोसी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाकोसमते सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्