Logo

तीव्र गतिको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु



रौतहट, २१ वैशाख । रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रनिगाहपुर नगरपालिका- ४ मा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नेत्रमणी गिरीले जानकारी दिनुभयो।

मृत्यु हुनेमा रौतहटकै गरुडा नगरपालिका- ३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनी छन्। तीव्र गतिको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।

‘चन्द्रनिगाहपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चन्द्रनिगाहपुर तर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिँदा दुर्घटना भएको हो,’ डीएसपी गिरीले नेपालखबरसँग भने, ‘कार चालक हेटौँडा- १२ घर भएका ४३ वर्षीय कुमार पोखरेललाई पक्राउ गरिएको छ।’

मोटरसाइकल चालक बलिरामको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकलको पछाडि सवार उनकी छोरी ४० उर्मिला देवी सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्