काठमाडौं, २३ माघ । महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुनेछ।
मंगलबार (हिजो) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो। यससँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ। त्यसअघि नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।
पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो। नेपालले सिरिजको अन्तिम खेल शुक्रबार थाइल्यान्डसँग खेल्दैछ।