बैंकक, १० भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थाइल्यान्डमा संगठन विस्तार गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन बैंकक पुगेरआइतबार पार्टीनिकट शुभेच्छुक संगठन स्थापना गर्नुभएको हो ।
भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज गठन भएको हो । नेपालमा प्रतिपक्षमा बसेर राप्रपाले देश हितमा चालेको कदमबाट प्रभावित भएर संगठित भएको युवाहरूले बताएका छन् ।
समाजको पदाधिकारीहरूमा राजु बलामी वरिष्ठ उपाध्यक्ष, महेन्द्र श्रेष्ठ उपाध्यक्ष, दिनेश बुढाथोकी महासचिव र राकेश चौधरी थारु सह सचिवमा चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा चुडामणि भण्डारी र सह कोषाध्यक्षमा लोकेन्द्र थुङ्लुङ राई चयन हुनुभएको छ चने महिला संयोजकको जिम्मेवारी मलिका जोशी र युवा संयोजकको जिम्मेवारी कमल गुरुङले पाउनु भएको छ ।
त्यसैगरी माईला आचार्य मुख्य सलाहकार, विचाई कालिकोटे सलाहकार, डऱ्याङ लिम्बु धार्मिक तथा संस्कृती विभाग प्रमुख, मोहन गौतम प्रचार प्रसार प्रमुख, केशव अधिकारी सहयोग विभाग प्रमुखमा चयन हुनु भएको छ ।
सदस्यहरूमा बिष्णु गैरे, राजेश खनाल, रोशन प्रसाई, गोपाल राना, बिनोद सापकोटा, राजु धिमिरे, सागर बुढाथोकी, रोहन कुमार कर्निकार र टिकाराम घिमिरे रहनुु भएको छ ।
प्रवासी नेपाली एकता समाजले थाइल्याण्डमा रहेका प्रवासी नेपालीहरूको हित र राप्रपाको विचारधाराको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
समारोहमा प्रमुख अतिथिको रूपमा राप्रपा अध्यक्ष लिङ्देनले आफ्नो सम्बोधनमा प्रवासी नेपालीहरूको हितमा काम गर्ने प्रतिबद्धता जनानाउनु भयो । राप्रपाको मार्गदर्शनमा समाजलाई अघि बढाउनुपर्नेमा उहाले जोड दिनुभएको थियो ।
लिङ्देनले संगठनको गठनले प्रवासी नेपालीहरूको हक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै संगठनलाई आगामी दिनमा पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।
संयोजक भूषण श्रेष्ठले थाइल्याण्डमा रहेका नेपालीहरुलाई संगठनको गतिविधिमा सहभागी हुन आह्वान गर्दै संगठनले आगामी दिनमा विभिन्न कार्यक्रमहरु मार्फत राप्रपाको सिद्धान्तलाई प्रवर्द्धन गर्ने योजना बनाएको बताउनसभएको थियो ।