काठमाडौँ, १३ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई उपचारको व्यवस्था गर्न आदेश दिएको छ । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गर्दै उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश दिएको हो ।
न्यायाधीश महेश शर्मा र नित्यानन्द पाण्डेयको इजलासले सो आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।
प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी प्रसाईँका छोरा निरज प्रसाईँले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकोमा निवेदन खारेज हुने ठहरे पनि प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतबाट मंसिर ९ मा हिरासतमा राख्ने अनुमति प्रदान गर्दा निवेदक निज दुर्गा प्रसाईँ क्यान्सरको बिरामी रहेको भनी उल्लेख गरेकोले सम्बन्धित विशेषज्ञबाट आवश्यक उपचारको प्रबन्ध गर्न अनुसन्धान गर्ने निकायलाई निर्देशन दिएको हो ।