काठमाडौं, ६ असोज । दुर्गा प्रसाईं पक्राउको विरोधमा उत्रिएका ५ जना कार्यकर्ता पक्राउ परेका छन्।
भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दियो।
ब्युरोले आइतबार अपरान्ह प्रसाईलाई पक्राउ गरेको थियो। एक महिलाले आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाई र दुई जना युट्युबरविरुद्ध जाहेरी दिएकी थिइन्।
प्रहरीले युट्युबरलाई भने पक्राउ गरेको छैन। प्रसाईले चरित्र हत्या हुने गरी बोलेका विषयहरु ती युट्युबरका च्यानलमा प्रशारण भएको दावी गरिएको छ।