Logo

दुर्गा प्रसाईं र रवीन्द्र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं, १० वैशाख । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्