काठमाण्डाै, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको छ ।
कांग्रेसबाट सरकारमा सहभागी भएका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई निजी निवास बूढानीलकण्ठमा बोलाएर देउवाले उनीहरूको कार्यप्रगति विवरणबारे जानकारी लिनुभएको हो । केही मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको र केहीको बाँकी रहेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताउनुभयो ।
देउवासँगकाे छलफलमा मन्त्रीहरूले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको बताएका चाैधरीले बताउनुभयाे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट काममा प्रत्यक्ष अवरोध नभए पनि कुनै न कुनै रूपमा काम गर्न अफ्ठेरो भएको मन्त्रीहरूले उल्लेख गरेका छन् । मन्त्रीहरूले प्रधानमन्त्री र नेकपा एमालेले सम्हालेका मन्त्रालयहरूबाट भएका असहयोगबारे पनि जानकारी गएका छन् ।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले मन्त्रीलाई सुझाव दिएका पनि खेलकुदमन्त्री चौधरीले बताउनुभयो ।