झापा, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई मुडभेड तर्फ लैजान सरकार अग्रसर भएको बताउनुभएको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले विहीवार मात्रै घोषणा गरेको जनसचेतना कार्यक्रम प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारमा बस्ने दल नै आन्दोलनमा उत्रनु हास्यासपद रहेको बताउनुभयो ।
राप्रपा कनकाईको नगर अधिवेशनलाई शुक्रवार सुरुङ्गामा सम्बोधन गर्दै लिङ्देनले जनता जागिसकेकाले व्यवस्था परिर्वतनको आन्दोलन कुनै हालतमा नरोकिने उल्लेख गर्नुभयो । देश बिग्रिएको टुलुटुलु बसेर अब हेर्न नसकिने बताउँदै उनले जनताले चाहे सरकार ढाल्न धेरै समय नलाग्ने तर्क गर्नुभयो ।
चैत १२ गते पार्टीको बैठक बसेर आन्दोलनका थप कार्यक्रम घोषणा गरिने जानकारी दिँदै अध्यक्ष लिङ्देनले भन्नुभयो – ‘व्यवस्था परिर्वतनका लागि काठमाडौं आउनु पर्ने हुनसक्छ,तपाईहरु सातु र चामल साथम लिएर तयारी अवस्थामा रहनुहोला ।’
कांग्रेस एमाले कै अग्रसरतामा आफूहरुले सुदृढ लोकतन्त्रको कल्पना गरेको हुनाले अभिभावकीय संस्थाको रुपमा राजालाई स्विकार गरी एक ठाउँमा आउन उनले दलहरुलाई आग्रह समेत गर्नुभयो ।
राप्रपाले शुरु गर्ने शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अपिल गर्दै अध्यक्ष लिङ्देनले जनताको बलमा व्यवस्था परिर्वतन गरेरै छाड्ने दावी गगर्नुभयोे ।
राजनीतिक दलका शीर्ष नेतालाई आफूहरु सच्चिन र सहमतिमा आउन आग्रह गरेका लिङ्देनले आफूहरुले कसैलाई पनि निषेध गर्न नखोजेको स्पष्ट पार्नुभयोे ।
पार्टीका प्रवक्ता एवम् कोशी प्रदेश सभाका सदस्य भक्ति प्रसाद सिटौलाले मुलुक व्यवस्था परिर्वतनको संघारमा उभिएको बताउँदै त्यसका लागि आफूहरु सांसदपद समेत त्याग्न तयार रहेको बताउनुभयो ।
मुलुकको धर्म संस्कृति र परम्परा विदेशीको इसारामा दलका नेताहरुले समाप्त पारेको आरोप लगाउँदै नेता सिटौलाले संकटमा परेको राष्ट्रियता र राष्ट्रिय झण्डा जोगाउनु पर्ने बेला आएको बताउनुभयो ।
शुक्रवार सम्पन्न अधिवेशनले कनकाई नगरको अध्यक्षमा गोपाल प्रसाद चुडाललाई सर्वसम्वत चयन गरेको छ ।
समितिको सदस्यहरुमा चित्रा श्रेष्ठ, गोकर्ण ओली, खडानन्द बराल, प्रकाश थापा, ख्याम कार्की, केशव प्रसदा ओझा, टिकाराम बराल, अनिता कट्टेल, मञ्जु श्रेष्ठ, मनिष रिजाल, श्रीप्रसाद धमला, अशोक खड्का, कमल शिवाकोटी, नगेन्द्र चम्लगाई, गीता पुरी, राम वहामदुर न्यौपाने लगायत रहेका छन् ।
नव निर्वाचित कार्यसमितिको पहिलो वैठकले पदाधिकारीको बाडफाड गर्ने पार्टीका कोशी प्रदेश सचिव कुमार भट्टराईले जानकारी दिनुभयो ।
नगर अध्यक्ष टिकाराम बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष महानन्द सिटौलाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष लिङ्देनले उद्घाटन गरेको कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
सो अवसरमा अध्यक्ष लिङ्देनले विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गरेका नव प्रवेशीलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य स्याम ओली, जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, युवक संगठनका केन्द्रीय सदस्य केशव कार्की, शिवसताक्षी नगर अध्यक्ष मणि खड्का , बिर्तामोड नगर समितिकी पूर्व अध्यक्ष रञ्जु प्याकुरेल, कनकाई नगरपालिका २ राप्रपाका अध्यक्ष निलम सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन कनकाई नगर सचिव चन्द्र भण्डारीले गर्नुभएको थियो।
कार्यक्रममा निर्वतमान कार्यसमितिको तर्फबाट प्रमुख अतिथि लिङ्देनलाई राष्ट्रिय झण्डा र श्रीपेच अंकित तस्वीर मायाको चिनो प्रदान गरिएको थियो ।
यसैबीच कनकाई नगरको अधिवेशन अघि नौ वटै वडामा वडा अधिवेशन सम्पन्न गरिएको थियो । जसमा वडा नम्वर १ को अध्यक्ष शान्तिराम वराल, २ मा निलम सिटौला, ३ मा हरि प्रसाद सेढाई, ४ मा समिम थापा, ५ मा भानुभक्त सिटौला, ६ मा नारायण निरौला, ७ मा विमल चुडाल, ८ मा जीवन धमला र वडा नम्वर वडाको अध्यक्षमा प्रदिप प्रसाईलाई चयन गरिएको थियो ।