Logo

देशैभरिको मौसम बदली, कोसी र बागमतीका केही ठाउँमा वर्षा हुँदै



काठमाडौं, ३ कार्तिक । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।

देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। अहिले कोसी र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ।

देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका सबैजसो पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित राति पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्