काठमाडौं, २० वैशाख ।नेपाली राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडीको नाम सार्वजनिक गरिएको छ।
आगामी जेठ तेस्रो साता स्कटल्यान्डमा आयोजना हुने आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय तथा टी-२० श्रृंखलाका लागि टोली तयारीमा जुटेको हो।
यसअघि मूलपानीमा सम्पन्न कोर क्याम्पबाट २८ खेलाडी बाहिरिएका छन्। बाहिरिने खेलाडीहरूमा सीनियर खेलाडी कुशल मल्ल, सागर ढकाल, सन्दीप जोरा, र विवेक यादव लगायत रहेका छन्।
त्यस्तै, युवा खेलाडी युवराज खत्री, रुपेस सिंह, किरण ठगुन्ना र शुभ कंसकार भने उत्कृष्ट प्रदर्शनका आधारमा दोस्रो चरणको क्याम्पमा स्थान बनाउन सफल भएका छन्।
टोलीको अन्तिम टुंगो भने स्कटल्यान्ड प्रस्थान अघि गरिने छ।