Logo

नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ



इलाम, २७ बैशाख । इलाममा आफ्नै नाबालिका छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।

इलाम फाकफोकथुम बस्ने व्यक्तिले १३ वर्षीया छोरीलाई डरत्रास र धाक धम्की दिई पटकपटक जबरजस्ती करणी गरेको पीडितका हजुरबुवाले प्रहरी चौकी आमचोकमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर पीडकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

घटनामा संलग्न ती व्यक्ति करिब एक वर्षअघि मात्र जेलबाट छुटेका थिए । उनको सामाजिक चालचलन र आनीबानी राम्रो नरहेको, मादक पदार्थ सेवन गर्ने, झैझगडा गर्ने पाइएको छ । श्रीमतीले अर्कैसँग विवाह गरेपछि एक छोरा र एक छोरीसहित उनी घरमा बस्दै आएका थिए । पीडित बालिका शुक्रवार बिहानै घरबाट आफन्तकोमा जान लागेपछि स्थानीयले देखेर सोधपुछ गर्दा उक्त घटना खुल्न आएको थियो ।

प्रतिक्रिया दिनुहोस्