Logo

निबन्ध लेखन प्रतियोगिता सम्पन्न



झापा, ८ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन अर्जुनधाराको आयोजनामा अन्तर बिद्यालय (कक्षा ६-८) निबन्ध लेखन प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

अर्जुनधारा–८ स्थित चन्द्रोदय आधारभूत विद्यालयमा आयोजित उक्त प्रतियोगितामा गणेश आधारभूत बिद्यालयकी छात्रा दिक्षा गौली प्रथम, अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयकी छात्रा हेलिना ढुङ्गेल द्वितिय, अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयकी छात्रा रमिला तामाङ तृतीय र अर्जुनधारा–४स्थित अर्जुनधारा माध्यमिक विद्यालयका छात्र सरगम अधिकारी सान्तवना भएका छन् ।

नगरमा १६ वटा आधारभूत बिद्यालय मध्ये १४ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्तवना हुने विद्यार्थीहरुलाई नगद पुरस्कार क्रमश दुई हजार पाँच सय, दुई हजार, एक हजार पाँच सय र एक हजारसहित प्रमाण पत्र वितरण गरिएको थियो ।

एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रुद्र खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख उप सचीव तोयानाथ रेग्मी, संगठन कोशीका महासचिव कपिलदेव तिम्सिनालगायतले नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । शिक्षकहरु चित्रा दवाडी (नवदुर्गा आधारभूत विद्यालय), देवी गौतम (भानु माध्यमिक विद्यालय) र वसन्त भट्टराई (शनिश्चरे माध्यमिक विद्यालय) मूल्याङ्कन समितिका सदस्य रहनु भएको थियो । प्रतियोगितामा सहभागी सम्पुर्णलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, नेपाल राष्ट्रिय शिक्षक संगठन अर्जुनधाराका अध्यक्ष केदारनाथ पोखरेल, नेपाल शिक्षक संघ अर्जुनधाराकी सभापती सुजता शिवाकोटी, नेपाल विद्यालय कर्मचारी परिषद् अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद पौडेल, अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराई, महारानीगञ्ज माध्यमिक विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बू, चन्द्रोदय आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीलगायतले  शुभकामना मनत्ब्य राख्नु भएको थियो।

सोही कार्यक्रममा स्थानीय हाँस्य कलाकार राम घिमिरेले लोक नृत्य प्रस्तुत गर्नुभएको थियो । चन्द्रोदय आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद आचार्यले स्वागत गरेको कार्यक्रमको सहजीकरण संगठनका सचिव तिलचन अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्