काठमाडौँ, १४ मंसिर । फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लेको छ ।
विश्व फुटबल महासंघ (फिफा)को बिहीवार जारी गरेको पुरुष फुटबलको वरियतामा नेपाल १सय ७५ औं स्थानमा छ।
नेपालले पछिल्लो पटक खेलेका दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा जित र अर्कोमा हार बेहोरेको थियो ।
कात्तिकको अन्त्यमा ताजिकिस्तानसँग ४-० को हार बेहोरेको नेपालले मंसिरको सुरुमा अफगानिस्तानलाई २-० ले हराएको थियो। जिलेस्पीजंग कार्की र रोहित चन्दको गोलमा नेपाल विजयी भएको थियो।
नेपालसँग पराजित भएको अफगानिस्तान भने ४ स्थान झरेर १ सय ५५ औं स्थानमा पुगेको छ । दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारतको दुई स्थान खस्किएको छ र १ सय २७ औं स्थानमा छ ।
दक्षिण एसियाका माल्दिभ्स १ सय ६२ औं, भुटान १ सय १८२ औं, बंगालादेश १ सय ८५ औं , पाकिस्तान १ सय ९८ औं र श्रीलंका २ सय ४ स्थानमा छ।
फिफा वरियताको शीर्ष ५ यथावत छ । अर्जेन्टिना शीर्ष स्थानमा, फ्रान्स दोस्रो, स्पेन तेस्रो, इंङग्ल्यान्ड चौथो र ब्राजिल पाँचौ स्थानमा छ ।