Logo

परियार सेवा समाजको प्रदेश सम्मेलन सम्पन्न



झापा, १७ साउन । परियार सेवा समाजको कोशी प्रदेश स्तरीय सम्मेलन इटहरीमा सम्पन्न भएको छ ।परियार सेवा समाजको पाचौं अधिवेशन भब्यता साथ सम्पन्न गर्नका लागि सातै प्रदेशमा प्रदेश स्तरीय भेला भै रहेको केन्द्रिय तदर्थ समिति अध्यक्षद्वय पुर्ब मेजर बल बहादुर सुन्दास तथा डिबि परियारले जानकारी दिनु भएको छ ।

हाल केन्द्रिय तदर्थ समितिमा १० जना र प्रदेश समितिमा ४१ जना रहेको प्रदेश सम्योजक धर्म परियारले बताउनु भयो ।
सातै प्रदेशको प्रदेश भेला सम्पन्न पछी राष्ट्रिय भेला आउदो भाद्र महिनाको १४ र १५ गते काठमाडौमा सम्पन्न गर्ने कार्यक्रमका प्रमुख अतिथि मेजर बलबहादुर सुन्दासले बताउनु भयो ।

परियार सेवा समाजलाई बिशुद्व सामाजिक सेवा र देश ब्यापी परियारहरुको एकतासगै सीप र सस्कृती संरक्षण तथा बिशे नगर्ची देखि विभिन्न समयमा देश र समाजलाई सेवा गर्ने परियार जातिका अभिभावकहरुको दस्तावेज ब्यवस्थापन गर्न एकता साथ लाग्ने भन्दै आज यो सम्मेलनले कोशी प्रदेशबाट प्रतिनिधि चयन गर्ने प्रदेश संयोजक धर्म परियारले बताउनु भयो ।

कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागी सयौं उपस्तिथि रहेको कार्यक्रममा केन्द्रिय सह संयोजक नारायण परिश्रमी पुर्ब उपाध्यक्ष ओजकुमार सिवा, कोशी प्रदेश प्रचार सम्योजक हस्त परियार, केन्द्रिय सदस्य सृजना नेपाल, गिरिलाल परियार, डि बि परियार लगायतले पाचौं राष्ट्रिय सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रदेश सम्योजक धर्म परियारको अध्यक्षता एवम् प्रमुख अतिथि केन्द्रिय सम्योजक मेजर बलबहादुर सुन्दास रहनु भएको कार्यक्रममा स्वागत केन्द्रिय सदस्य लक्ष्मण दासले स्वागत गर्नु भएको थियो भने सहजीकरण सदस्य तिलक परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्