Logo

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाग्मती पुलको बिम चर्किएपछि मर्मत थालियो



रौतहट, २९ माघ ।  पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाको बीचमा रहेको बाग्मती नदीको पुल मर्मत थालिएको छ । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत शुरू गरेको हो । केही दिन अगाडि पुलको बिम (गिर्डर) चर्किएको थियो ।

पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झन्डै आठ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिनुभयाे । पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान गर्ने काम भइरहेको प्रमुख कर्णले बताउनुभयो ।

आउँदो फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । यही माघ २५ गते सडक डिभिजन कार्यालयले पत्राचार गरेर गएकाे आइतवार माघ २७ गतेदेखि गाडीको आवागमनमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्