Logo

पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण



झापा, ५ माघ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण भएको छ ।

उहाँको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ । उहाको  बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार गरीएको छ ।

नेपाली काङ्ग्रेस कोशीका सभापति तथा संसदीय दलका नेता थापा माथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आज साँझ आक्रमण भएको हो ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ ञ १८७० मा सवार समूहले कुटपिट गरेको बताइएको छ ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने दुईजनालाई पक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पूर्वमुख्यमन्त्री थापामाथि हातपात गरेको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्रेको र उनीहरु नेपाल विद्युत प्राधिकरणको कर्मचारी रहेको पुष्टि गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्