Logo

पूर्व मुख्यमन्त्री थापामाथि आक्रमण गर्नेविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता



झापा, ७ माघ । पूर्व मुख्यमन्त्री तथा कांग्रेसको कोशी प्रदेश सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापामाथि आक्रमण गर्नेहरूमाथि अभद्र व्यवहार मद्दा दर्ता भएको छ।

आक्रमणमा संलग्न नेपाल विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरू शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठमाथि अभद्र व्यवहार गरेको कसूरमा प्रमुख जिल्ला अधिकारीको इजलासमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभाये।

पूर्व मुख्यमन्त्री तथा कांग्रेस नेता थापामाथि शनिवार साँझ आक्रमण भएको हो। नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा साँझ करिव ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक उहामाथि आक्रमण भएको हो।

बा १ झ ६५३ नं को गाडीमा घर फर्किँदै गरेका अर्जुनधारा ७ निवासी थापामाथि बा १ ञ १८७० मा सवार विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारीहरूले आक्रमण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्