Logo

पृथ्वी जयन्ती : राप्रपाको चियापनमा प्रधानमन्त्री ओली (तस्वीरहरु)



काठमाडौँ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओली पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरुले स्वागत गर्नुभएको थियो ।

चियापानमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्य, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्व प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।

राप्रपा अध्यक्ष लिङ्देनको निमन्त्रणमा शीर्ष दलका नेतासँगै जलपान विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेसागत सङ्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीसहित सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्