Logo

प्रचण्डलाई ज्ञानेन्द्र शाहीको काउन्टर- विदेशीसँग मिलेर वीरेन्द्रको वंशनाश गर्‍यौ



काठमाडौँ, १ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउनुभएको छ ।

शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश हत्यारा, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले उल्टै हत्या आरोप लगाउनुभएको हो ।

‘प्रचण्डजी २०५२सालमा राजा वीरेन्द्रविरुद्धमा हतियार कसले उठायो, तपाईंले उठाउनु भयोरु षड्यन्त्र गरेर दरबार हत्याकाण्ड गर्दा सबैभन्दा बढी फाइदा कसलाई भयो, तपाईं लाई भयो’, उहाले सामाजिक सञ्जालमा भन्नुभएको छ , ‘जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्‍यो, तपाईंले प्राप्त गर्नु भयो रु राजसंस्थालाई फाल्नुपर्छ भनेर विदेशबाट एम१६, एके४७, एलएमजी,एसएमजी, एसएलआर जस्ता आधुनिक हतियार कसले दियो र तपाईंले लिनुभयो रु’, शाहीले सोध्नुभएको छ ।

त्यसैगरी मोबाइल फोन नभएको समयमा स्याटालाइट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो रुतपाईंलाई भन्दै अर्को प्रश्न पनि प्रचण्डलाई शाहीले गर्नुभएको छ। ‘भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मारेको हो, तपाईंले मारेको हो । निहत्था नागरिकलाई बाटोबाटोमा बम ठाप्दै कसले हत्या गर्यो रु तपाईंले गरेको हो’, उहाले भन्नुभएको छ, ‘विदेशीको इशारामा मन्दिरका र गुम्बाका पुजारी९लामालाई कसले घाँटी रेट्योरु तपाईँले रेटयो ।’

उहाले प्रचण्डलाई ३३ किलो सुन तस्करीको आरोप पनि लगाउनुभएके छ । ‘माओवादी लडाकु राखिएको क्यान्टोनमेन्ट घोटाला कसले गर्यो रु तपाईंले गर्‍यो’, उहाले भन्नुभएको छ, ‘सिधा भाषामाभन्दा विदेशीको इसारामा तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको हो ।’

शाहीले शुक्रबार प्रचण्डले दिएको भाषणलाई भड्किलो भन्नुभएको छ । ‘यस्तै भड्किला र झूठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्, त्यसैले भन्छु नवीनतम् सम्झौतामा आउनुस्, विदेशीको गुलाम जति गर्नुभयो, गरिसक्नु भयो, अब देशका लागि केही काम गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस्