पोखरा, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनले संगठन निर्माणको कार्यलाई तिव्रता दिएको छ । संगठनले प्रदेश र जिल्ला स्तरीय भेला आयोजन गरी संगठन निर्माणको कार्यलाई तिव्रता दिएको हो ।
मधेश प्रदेशमा हालै मात्र ई. रबि कान्त लालको संयोजक्तामा ३५ सदस्यीय मधेश प्रदेश तदर्थ समिति गठन गरेको एशोसियसनले ई. बिवेक न्यौपानेको संयोजक्तामा ११ सदस्यीय गण्डकी प्रदेश स्तरीय तदर्थ समिति पनि गठन गरेको छ । गण्डकी प्रदेशका ईन्जिनियरहरुको पोखरामा सम्पन्न भेलाले गण्डकी प्रदेश स्तरीय तदर्थ समिति गठन गरेको हो ।
एशोसियसनका केन्द्रिय अध्यक्ष अमित ढुंगानाको प्रमुुख आथित्यतामा पोखरामा सम्पन्न भेलामा राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, एशोसियसनका केन्द्रिय कोषाध्यक्ष डम्वर बहादुर बस्नेत, पार्टीका केन्द्रिय सदस्य, प्रदेश सदस्य र जिल्ला नेताहरुको सहभागीता रहेको केन्द्रिय सचिवालय सदस्य छत्र खडायतले जानकारी दिनुभयो ।
भदौ २८ गते हुने नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनलाई मध्यनजर गर्दै संगठन निर्माण र प्रचारप्रसार तिव्रता दिइएको प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनका कन्द्रिय अध्यक्ष ढुंगानाले बताउनुभयो ।