Logo

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन



काठमाडौं, १६ असोज । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि समितिका ज्येष्ठ सदस्य सभापति आनन्दप्रसाद ढुंगानाले सुनुवाई समितिले राउतको नाम सर्वसम्मत अनुमोदन गरेको बताउनु भयो ।

गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश राउतलाई भावी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीशका लागि सुनुवाई समितिबाट अनुमोदन हुनुभएका राउत २०७१ साउन १७ मा सर्वोच्चमा न्यायाधीश नियुक्त हुनुभएको थियो ।

समितिले आजको बैठकबाटै अस्टे«लियाका लागि प्रश्तावित राजदुत चित्रलेखा यादवको नाम पनि अनुमोदन गरेको छ ।

अनुमोदित प्रधानन्यायाधीश र राजुदतलाई अब राष्ट्रपतिले नियुक्त गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्