काठमाडौं, १३ भदौ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले नौं घण्टासम्म बयान दिनुपरेको बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उहाँले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई रु प्रमाण खोई रु भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।’
थापाले समितिमा आफूहरुले प्रमाण दिएको उल्लेख गर्दै टिओआरमा कम्पनीको नाम लेख्न लगाएको बताउनु भएको छ ।
उहाँले भन्नुभयो,’हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन् होला रु हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’।
आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।’