Logo

फोटो जलाउँदैमा गिरफ्तार गर्नु अनुचित: प्रचण्ड



काठमाडौं, ३ चैत । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कसैको तस्बिर जलाउँदैमा सरकारले पक्राउ गर्न नहुने बताउनुभएको छ । प्रचण्डको तस्बिर जलाएको आरोपमा राप्रपाका एक नेता आइतबार पक्राउ परेपछि उहाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्।

पक्राउ पर्ने कालिकोटका निराजन बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव हुनुहुुन्छ । उहालाई प्रहरीले आइतबार भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो।

उहाले शनिबार हेटौंडाको एक कार्यक्रममा प्रचण्डको तस्बिर जलाउनुु भएको थियो। उहाले कार्यक्रममा ‘तपाईंहरू यो मान्छेलाई त चिन्नुहुन्छ होला नि’ भन्दै प्रचण्डको तस्बिर जलाउनु भएको थियो।

दाहालले आइतबार सामाजिक सञ्जालबाट भन्नुभएको छ, ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’

उता बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेर प्रहरीले मकवानपुर पठाएको छ। डीएसपी श्यामु अर्यालले बमलाई मकवानपुर प्रहरी कार्यालयमा उपस्थित गराइएको जानकारी दिएका छन्।

तस्बिर जलाउँदैमा पक्राउ गर्न उचित नहुने भन्दै सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्