Logo

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते



बागलुङ, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्।

बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवका अनुसार उकालो सडकमा ब्याक भएर जिप दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्