झापा, २९ पुस । बन्दी सहायता नेपालद्वारा संचालित बालगृहका बालबालिकाहरुलाइ युएईको दुबईमा रहेको सामाजिक सस्था बफ एण्ड स्टुडेन्ट फ्रेन्डबाट विभिन्न सामग्री एक समारोह बिच आईतबार बितरण गरिएको छ ।
विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका अभिभावकहरुसग आस्रित बालबालिकाहरु आवास सहित शिक्षा आर्जन गरिरहेका अर्जुनधारा नगरपालिका ११ मा रहेको मनमाया, गङ्गा आमा र जगल गार्डेन ब्वाइज होममा रहेका ३० जना बालबालिकाहरुलाई दुबईका विभिन्न बिद्यालयमा अद्ययनरत विद्यार्थीहरुले सकलन गरि पठाएको अंग्रेज़ी नयाँ बर्ष २०२५ एवम् कृसमसको शुभ अवसरमा बालगृहका बालबालिकाहरुलाइ साथी बनाउदै कपडा, स्टेसनरी, खेलौना आदि प्रती बालक तीन हजार बराबरको प्याकिङ्ग उपहार प्रदान गरिएको छ।
त्यसै गरि सस्थाले संचालन गरेको काठमाडौ, पाल्पा, साखु, सप्तरीमा रहेको बालगृहमा रहेको २०० भन्दा बढी बालबालिकाहरुलाइ बितरण गरिएको सस्थाका कार्यक्रम प्रमुख हरि कार्कीले बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकि उपसभामुख माननीय इन्दिरा राना मगरले बालबालिकाको सम्पुर्ण चाहाना अभिभावक एवम् सस्थाले पूरा गर्न नसकिरहेको अवस्थामा बालबालिकाहरुको चाहना पूरा गरि बालबालिकाको अनुहारमा खुसी ल्याउने दाता शिक्षासेवि बफ एन्ड स्टुडेन्ट दुबईलाई धन्यवाद एवम् हार्दिक शुभकामना व्यक्त गर्नु भएको थियो भने उपहार प्राप्त गर्ने बालिका समिक्षा भुजेलले आफुले उपहार पाएकोमा खुसी व्यक्त गरेकी थिएन ।
कोषाध्यक्ष अम्बिका गरुङ्गले स्वागतगर्नुभएको कार्यक्रमको अध्यक्षता पुर्वान्चल शाखाका अध्यक्ष जगत बहादुर मगरले गर्नुभयो । कार्यक्रमको सहजीकरण सचिब रन्जित परियारले गर्नु भएको थियो ।