Logo

बालुवाटारबाट पक्राउ परेका रास्वपा सांसदसहित ५१ नेता–कार्यकर्ता रिहा



काठमाडौं, १३ कार्तिक । आन्दोलनका क्रममा बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सांसदसहित ५१ नेता–कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा मंगलबार साँझ रिहा गरेको हो ।

काठमाण्डु उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विनोद घिमिरेले नियन्त्रणमा लिएका सबै जनालाई छाडिएको जानकारी दिनुभयो ।

बालुवाटारको निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्