Logo

बिर्तामोडका मुख्य ठाउँमा जेब्रा क्रसिङ निर्माण



झापा, १९ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडका मुख्य ठाउँहरुमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख निरीक्षक गणेश पौडेलले जानकारी दिनु भयो । उहाँका अनुसार मुक्तिचोक वरीपरी, भाटभटेनी सुपर मार्केट अगाडि र मोहनमाया माध्यमिक विद्यालय अगाडि गरेर ९ वटा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

यस अघि निर्माण गरिएका जेब्रा क्रसिङको रङ खुइलिएर देखिनै छाडेपछि यात्रुलाई सहज बनाउने उदेश्यले जेब्रा क्रसिङ निर्माण गरेको बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो ।

वरिष्ठ नायव निरीक्षक अर्जुन प्रसाद सोडारीले स्थानिय विभिन्न संघ संस्थाको सहयोगमा अन्य स्थानमा पनि जेब्रा क्रसिङ निर्माण गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्