झापा, भदौ ७ । झापा बिर्तामोडका व्यवासयी महेन्द्र प्रसाद प्रसाईं मृत भेटिएका छन् ।
बिर्तामोड १ सिनेप्लजामा घर भएका नरेन्द्र मैनालीको घरमा प्रसाईं आज मृत भेटिएका हुन् । मैनालीले प्रसाईंको करोडौँ ऋण लिएको तर नतिरेको भनाइ छ ।
मैनाली काठमाडौमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाई झुन्डिएको प्रहरीले बताएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ भने मैनालीको घरलाई घेराबन्दी गरिएको छ ।
अर्जुनधारा ६ महानन्द चौक निवासी प्रसाई घरजग्गाको व्यवसाय गर्दै आएका थिए । मृतक प्रसाई बिएन्डसीको स्थापनाकालमा शेयर सदस्य तथा दुर्गा प्रसाईका दाजु हुन् ।