Logo

बिर्तामोडमा कर्मचारी सञ्चय कोषको नयाँ सेवा केन्द्र बिस्तार



झापा, २६  कार्तिक । कर्मचारी सञ्चय कोषले झापाको बिर्तामोडमा नयाँ सेवा केन्द्र बिस्तार गरेको छ ।

सेवा केन्द्रको उद्घाटन कोषका प्रमुख प्रशासक सि ए जितेन्द्र धितालले गर्नुभएको थियो । उक्त उद्वघाटन कार्यक्रम कोष प्राविधि मार्फत अनलाइन कारोबारका लागि सञ्चयकर्ताको हातै पुगेको भएता पनि धितोमा आधारित कर्जा लगायत अन्य सेवा समेत प्रभाहका गरीने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

बिर्तामोडमा सेवा केन्द्र बिस्तारसगै साबिकको मेची अञ्चलका झापा, इलाम, तेह्रथुम, ताप्लेजुङ जिल्लाका सन्चयकर्ता कोषको सेवा लिन बिराटनगर धाउनु पर्ने बाद्यताको अन्त्य हुने भएको छ । यो संगै काठमाडौ उपत्यका बाहिर रहेका सेवा प्रबाह गर्ने कार्यालयको संख्या आठ ओटा शाखा कार्यालय र दुई सेवा केन्द्र गरि १० पुगेको छ ।

कर्मचारी सञ्चय कोष ऎन २०१९ बमोजिम सन्चय कोष ब्यवस्थापनको मुख्य जिम्मेवारी पाएको कोशले निवृतभरण कोष ऎन २०७५ बमोजिम २०७६ श्रावण पछी नियुक्ति हुने कर्मचारीको योगदानमा आधारित निवृतभरणको ब्यवस्थापन, कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूरा गर्न बिशेष सापटी, घर सापटी, घर मर्मत सापटि, शैक्षिक सापटी र सरल कर्जा प्रवाह गर्दै आएको छ भने सन्चयकर्ताको सामाजिक सुरक्षालाई केन्द्रमा राखी सुत्केरी तथा शिशु स्याहार योजना, सन्चयकर्ता स्वास्थ्य उपचार योजना दुर्घटना क्षतिपुर्ती योजना र काजकिरिया अनुदान योजना सन्चालन रहेको जानकारी कोष प्रशाशक सि ए धितालले बताउनु भयो ।

कार्यक्रममा बिशेष अतिथि नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरि, सेवाग्राही देवेन्द्र हुमागाइ, जुनकीरी सार्वजनिक आधारभूत बिद्यालयका प्रधानाध्यापक रन्जित परियार, लोकतन्त्र पोस्ट दैनिकका प्रधान सम्पादक मोहन काजी लगायतले सेवाग्राहीले सम्पुर्ण सेवा बिर्तामोडमै पाउने भएकोमा समय र छिटो सेवाका लागि धन्यवाद सहित शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्