Logo

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा एउटा टिकट खरिद गर्दा अर्काे टिकट फ्रि



झापा, १४, माघ । बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्को टिकट फ्रि गरेको छ । अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ ।

योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो ।

यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल आयोजक समितिका सदस्य विपीन बजगाईले भन्नुभयो । महोतसवमा सहभागीलाई साँझ ५ वजेसम्मका लागि यो सुविधा प्रदान गरिएको हो ।

माघ ८ गतेदेखि जारी अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरले साँझ सांगितीक प्रस्तुति दिँदै आएका छन् ।
आदिवासी जनजाति महासंघको समन्वयमा दिनभर विभिन्न जात जातिको सास्कृतिक कार्यक्रम समेत महोत्सवमा प्रस्तुत गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्