Logo

बिर्तामोड खानेपानीको २२ औं बार्षिक साधारणसभा: दिनहुँ दुई करोड लिटर पानी वितरण



khanepaniझापा, १८ पुस । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दैनिक दुई करोड १० लाख लिटर पानी बितरण गर्दै आएको छ ।

देशकै उत्कृष्ठ खाने पानी संस्थाका रुपमा चिनिएको संस्थाले तीन वटा ओभरहेड ट्याङ्की मार्फत आम उपभोक्तालाई सुलभ मूल्यमा दैनिक दुई करोड १० लाख लिटर पानी बितरण गर्दै आएको हो ।

जसका लागि १६ वटा डिप वोरिङ, १० वटा फिल्टर प्लान्टको प्रयोग गर्दै १० हजार उपभोक्तालाई सहज र सुलभ रुपमा २४ सैं घण्टा पानी बितरण गर्दै आएको संस्थाका अध्यक्ष मेघराज वास्तोलाले बताउनुभयो ।

बिर्तामोड क्षेत्र तीब्र सहरीकरणका कारण खाने पानी सहज रुपमा उपलब्ध गराउन कठिनाई हुन थालेको भन्दै त्यसको हलका लागि थप रणनीति अघि बढाइएको उहाको भनाई छ ।

संस्थाको २२ औं बार्षिक साधारणसभामा बोल्दै अध्यक्ष वास्तोलाले संस्थाका भावि योजनाका विषयमा समेत प्रस्ट्याएउनु भयो ।

बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा विहीवार संस्थाको कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा उत्कृष्ट ज्येष्ठ उपभोक्ताका रुपमा पुरुष जयबहादुर खालिङ राई, उत्कृष्ट ज्येष्ठ उपभोक्ता महिलातर्फ देबीमाया आचार्य, उत्कृष्ट कर्मचारीका रुपमा सन्तोष खरेललाई सम्मान गरिएको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, संस्थाका निवर्तमान अध्यक्ष जलकुमार गुरुङ, जिल्ला समन्वय समिति झापाकी उप–प्रमुख शान्ता रोक्का, सल्लाहकार हर्कलाल गिरी, बिर्तामोड उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र थापा, बिराट भरत बिश्रान्तीका उपाध्यक्ष कुलप्रसाद संग्रौला, चारआली खानेपानीका अध्यक्ष राजन चिमरिया, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता बिमली खरेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव पारसमणि मैनालीले गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्