Logo

बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरको सातौं बार्षिकोत्सबमा स्वास्थ्य शिविर



झापा, १६ भदौं । झापाको बिर्तामोडमा अवस्थित बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टरले आफ्नो सातौं बार्षिकोत्सब मनाएको छ । बार्षिकोत्सबको अबसरमा एक दिने स्वास्थ्य शिविर संचालन गरी ३० जना बिरामिको स्वास्थ्य चेकजाँच गरिएको सस्थाको सदस्य कमल रिजालले बताउनुभयो ।

शिविरमा डा. भगवान शाह र डा. राजकुमार शाहले हाडजोर्नी नशा प्यारालाइसीस, मुख वाङ्गिएको, नशा च्यापिएको, बाथ, युरिक एसिड, पाइल्स, ग्यास्ट्रीक, पिनास, दम, जन्डिस, मृगौलाको पत्थरी ,प्रोस्टेट लगायत समस्याको निस्शुल्क चेकजाँच तथा उपचार गर्नुभएको थियो ।

खानपान र ब्यस्त जीवन शैलिका कारण लाग्ने नसर्ने रोगहरुको उपचार हुने सेन्टरमा खास गरि पाइल्स, नशा, प्यारालाइसिस, माइग्रेन जस्ता समस्याहरु धेरै भेटिएको आयुर्वेद डा राजकुमार शाहले बताउनु भयो।

सोही दिन परोपकार केन्द्र (वृद्धा आश्रम) लाई छ हजार पाच सय पचपन्न रुपैया सहयोग दिइएको सेन्टरकी अध्यक्ष नर्वदा भट्टराईले जानकारी दिनुभयो ।

सस्थाले हरेक बर्ष भदौ १४ गते बार्षिकोत्सबको अवसरमा विभन्न रचनात्माक सामाजीक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्