Logo

भाजपाका विदेश विभाग प्रमुख काठमाडौंमा, तीन दिने बसाईमा शीर्ष नेताहरुसँग भेटवार्ता हुने



काठमाडौं, १७ बैशाख । भारतीय प्रमुख सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले काठमाडौं ओर्लिएका छन् । उनी यही शुक्रबारसम्म काठमाडौंमा रहने बताईएको छ ।

नेपाल बसाईको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने भनिएको छ । यस्तै, अन्य राजनीतिक दलका नेताहरुसँगपनि उनको भेटवार्ता हुने भनिएको छ । नेपाल सरकार सगरमाथा सम्वादको पूर्व सन्ध्यामा छ । भारतबाट उच्चस्तरको प्रतिनिधित्व होस भन्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको चाहना छ ।

प्रतिक्रिया दिनुहोस्