Logo

भारतले ब्लेम गेम खेलेको पाकिस्तानको आरोप, हमलाबारे प्रमाण भए सार्वजनिक गर्न चुनौती



काठमाडौं, ११ वैशाख । जम्मु कश्मीरको पहलगाममा एक नेपाली नागरिकसहित २८जनाको आतंकवादीबाट भएको हत्यापछि भारत र पाकिस्तानबीच मौखिक युद्ध शुरु भएको छ ।

पाकिस्तान समर्थित आतंकवादीले पहलगाम घटना गराएको भन्दै भारतले इस्लामावादमाथि ५ वटा प्रतिबन्ध लगाएको छ ।

उता पाकिस्तानका उपप्रधानमन्त्री इसहाक डारले विगतमा जस्तै भारतले यसपटक पनि ‘ब्लेम गेम’ खेलेको भन्दै भारतीय आरोपको प्रतिवाद गरेका छन् ।

बीबीसी उर्दुका अनुसार पाकिस्तानी उपप्रधानमन्त्रीले भारतको तर्फबाट सिन्धु जल सम्झौता स्थगनदेखि पाकिस्तानीलाई भिसा नदिनेसम्मका निर्णयलाई हतार र बचपनाको संज्ञा दिएका छन् ।

उनले भारतलाई पाकिस्तानले व्यवहारबाटै जस्ताको तस्तै जवाफ दिने बताएका छन् । उनले आतंकी हमलामा पाकिस्तानको हात रहेको प्रमाण भारतसँग भएर सार्वजनिक गर्न चुनौती समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्