Logo

भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन बुझ्नु राम्रो हुन्छः प्रधानमन्त्री ओली



काठमाडौँ, १० भदौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीले ईपिजीको प्रतिवेदन नबुझेको भन्दै प्रतिवेदन बुझ्नु राम्रो हुने बताउनुभएको छ ।

सोमवार राष्ट्रिय प्रजातन्त्र नेपालका अध्यक्ष कमल थापाद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले कुरा गरेरै ईपिजी बनाएको भएपनि भारतीय प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताउनु भयो ।

उहाँले ईपिजीले भारतीय प्रधानमन्त्रीले बुझेपछि नेपालको प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको कारण भारतीय प्रधानमन्त्रीले नबुझिकन आफूले बुझ्न नपाएको उल्लेख गर्नुभयो ।

उहाँले आफुहरुले प्रतिवेदन बुझ्न र प्रतिवेदनमा उल्लेखित विषयहरुमाथि छलफल गर्न आग्रह गरिरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धी लगायतका कुराहरुको पुनःमूल्यांकन हुनुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले छिमेकी देशहरुसँग राष्ट्रिय हितको पक्षमा खुलस्त कुरा गर्नुपर्ने बताउनु भयो । उहाँले छिमेकी देशहरुसँग एकको विरुद्ध अर्को कार्ड नखेलिने स्पष्ट पार्नुभयो । एक देशको विरुद्ध अर्को देश लाग्नका लागि नेपाली भूमि प्रयोग गर्न नदिने उहाँले बताउनु भयो । उहाँले नेपालले कुनै प्रकारको शैन्य पक्षधरता नलिने पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्