Logo

भारतीय प्रधानमन्त्रीसँग राम्रो कुराकानी भयो : प्रधानमन्त्री ओली



काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सकारात्मक र राम्रो कुराकानी भएको बताउनुभएको छ । थाइल्यान्डको बैंककमा रहेकाे होटल माडारिन ओरियन्टलमा ओली र माेदीबीच झन्डै ४५ मिनेट ‘साइडलाइन’ भेटवार्ता भएको हो ।

भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म र भारतीय प्रधानमन्त्री मोदीजीबीच राम्रो र सकारात्मक संवाद भएको छ । अहिलेलाई यति ।’

यस्तै भारतीय प्रधानमन्त्री माेदीले नेपालका समकक्षी ओलीसँगको भेटघाट फलदायी रहेकाे बताउनुभएकाे छ । भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा माेदीले भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको तथा ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल गरेकाे उल्लेख गर्नुभयाे ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलन सकिएपछि उहाँहरूबीच पूर्वनिर्धारित तालिकानुसार भेटवार्ता भएको हो ।

यसअघि उहाँहरूबीच संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा गएकाे असोज ७ गते भेटवार्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्