काठमाडौं, ३ भदौ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ । मोदीसँग भेट भएकोबारे जानकारी राणाले सामाजिक सञ्जालमार्फत गराउनुभएको हो ।
उहाहरुबीच भेटका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताबारे छलफल भएको राणाले बताउनु भएको छ । आफ्नो परराष्ट्रमन्त्रीका रुपमा भएको भ्रमण र भेटवार्ताले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने राणाले अपेक्षा गरेको उल्लेख गर्नुुभएको छ ।
‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु’, राणाले लेख्नुभएको छ ।
राणाले यसअघि भारतीय विदेशमन्त्री एस। जय शंकरसँग पनि भेट गर्नुुभएको थियो।