काठमाडौं, १३ चैत । सरकारले भूमि अध्यादेशलाई नियमित विधेयकको रुपमा अघि बढाउने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलका शीर्ष नेताको बैठकले भूमि अध्यादेश फिर्ता लिएर नियमित विधेयकको रुपमा अगाडि बढाउने निर्णय हो। भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सक्ने अवस्था नरहेकाले विधेयकका रुपमा अघि बढाउने सहमति भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो।
नियमित विधेयकका रुपमा अघि बढाउदा अन्य सत्तारुढ दलहरुले राखेका बिषयलाई पनि सम्बोधन गरिने उहाले बताउनुभयो।
चैत्र १८ गतेपछि निष्कृय हुने भएपछि सत्तारुढ दल भूमिसम्बन्धी अध्यादेशबाट पछि हटेको हो। सरकारले जारी गरेका अन्य अध्यादेश अघि बढेपनि केहि सत्ता साझेदार दलले विरोध जनाएपछि भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेको थिएन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएतका सत्तारुढ दलका नेताहरुको उपस्थीति रहेको थियो।