Logo

मणिमुकुन्दलाई साेझाे सेटमा हराउँदै आर्मी फाइनलमा, उपाधिका लागि पुलिससँग खेल्ने



काठमाण्डाै, २४ पुस । मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनलमा आर्मीले मणिमुकुन्दलाई ३–० को सोझो सेटमा हरायो । आर्मीले पहिलो सेट २८–१८, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित्यो । हिजाेका लागि तय भएकाे याे खेल चिसाे माैसमका कारण आजका लागि सारिएकाे हाे ।

अब आर्मीले उपाधिका लागि पहिलो सेमिफाइनलको विजेता नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ । पुलिस भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै उपाधि नजिकै पुगेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । तेस्रो स्थानका लागि भोलि नै खेल हुनेछ ।

इन्डो–नेपाल भलिबलको विजेताले सात लाख, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुनेले एक लाख ७५ हजार र चौथो हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्