Logo

मध्यरातमा रविको प्रधानमन्त्री ओलीलाई चेतावनी- न्युयोर्कबाट आँखा नसन्काउनुस् !



काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी शैलीमा न्युयोर्कबाट आँखा नसन्काउनु भन्नुभएको छ ।

गएराती सामाजिक सञ्जालमा लेख्दै लामिछानेले सहकारी पीडितको मुद्दामा न्याय दिलाउने वास्तविक चाहना भए छलफलमा आउन आग्रह गर्नुभएको छ ।

लामिछानेले भन्नुभएको छ, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्री ज्यु,फर्केर आउनुस् , बसेर कुरा गरौँ, सहकारी पीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि‘’

आइतबार गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी सहकारी बचत अपचलन प्रकरणमा पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने हल्ला चलेपछि रास्वपाभित्र खलबली मच्चिएको थियो ।

पक्राउ पर्ने खबर मिडियामा एक पछि अर्को गर्दै आएपछि बनस्थलीस्थित पार्टी कार्यालयमा शिर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका थिए । छलफलपछि केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफू नडराउने भन्दै पक्राउ गरे प्रतिवाद गर्ने घोषणा गरेका थिए ।

यसैबीच उपसभापति डा। स्वर्णीम वाग्लेसहित चीन गएको १० नेताको टोलीलाई पनि रास्वपाले जति सक्दो छिटो देश फर्किन निर्देशन दिएको छ । वाग्लेसहितको टोली आज काठमाडौँ आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्