Logo

मर्स्याङ्दीमा खसेको भारतीय बसमा थिए ४१ यात्रु, ४५ जनाको टोली उद्दारमा सक्रिय(अपडेट)



काठमाडौं, ७ भदौ ।  तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु रहेको खुलेको छ। पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस दुर्घटना शुक्रबार दुर्घटनामा परेको थियो।

उक्त दुर्घटनाग्रस्त बसमा चालक र सहचालकसहित ४१ जना यात्रु रहेको प्रहरीले जनाएको छ। चालक र सहचालकको नाम खुलिसकेको छैन।

अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो ।

सशस्त्रका एसएसपीको कमाण्डमा ४५ जनाको टोली उद्दारमा सक्रिय, १० गोताखोर परिचालन

बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा गएको ४५ जनाको टोलीले उद्दार जारी राखेको छ ।

एसएसपी पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जनाको टोली उद्दारमा खटिएको एपीएफले जनाएको छ। साथै मनकामना गण २३ भानु तनहुँबाट ३५ जनाको टोली उद्दारमा खटिएको छ ।

अप्ठ्यारो भिर भएका कारण घाइते र मृतक उद्दारमा डोरीको सहायताले नदि किनारमा पुग्ने प्रयास भइरहेको छ । भिर भएका कारण तुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको छ ।

पोखराबाट काठमाडौंको लागि भारतीय पर्यटक बोकेको बस मस्र्याङदीमा खसेको थियो । बसमा ४० जना सवार रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्